मेलम्चीबासीकाे घर–घरमै पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घर–घरमै पुगेर अनुरोध गर्ने बताएका छन् । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपदको समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन् । उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताएका छन् । मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए ।

मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै  मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए । उनले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताए । बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्‍याएको उनले बताए ।

उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताए । महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए।  उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनर्निर्माणको काम गर्ने तयारी गरेको बताए । केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताए । उनले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने, नयाँ मसिन खरिद गरी काम गर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित