जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा सर्वसम्मत निर्वाचित

काठमाडौँ  / जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ ।

चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा आयाजित प्रोग्रेसिव एलाइन्सको ग्लोबल कन्भेन्सनबाट जसपा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।  यससँगै १९० देशका राजनीतिक पार्टीहरु सदस्य रहेको प्रोग्रेसिव एलायन्सको जसपा नेपाल सदस्य पार्टी भएको छ । प्रोग्रेसिव एलाइन्स सम्पूर्ण महादेशहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको रक्षा, लैङ्गिक विभेद, सामाजिक आर्थिक तथा जातिय विभेद, असमानता र उत्पीडनको अन्त्य, पर्यावरणीय सुरक्षाजस्ता अवधारणाहरुका साथ प्रोग्रेसिव एलाइन्सको कन्भेन्सन सम्पन्न भएको छ । उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित