इटहरीस्थित नमुना कलेजमा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम हुने

इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजका पूर्व विद्यार्थीहरूले बडादशैंको अवसरमा शुभकामना आदानप्रदान गर्दै पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएका छन्। कलेजबाट स्नातक पूरा गरी विदा भएका पुराना विद्यार्थीहरूलाई एकै स्थानमा भेला गराई, शुभकामना आदानप्रदानसँगै भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन २२ गते कलेजकै सभाहलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

विभिन्न समयमा स्नातक तह उत्तीर्ण भई कलेजबाट विदा भएका र हाल आ–आफ्नो जीवनयापनमा व्यस्त रहेका पूर्व विद्यार्थीहरूलाई एकै ठाउँ भेला गरी खुशी साटासाट गर्दै महान पर्व बडादशैं, तिहार, तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्ने र मुलुकमा दिगो शान्ति र समृद्धिको कामना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नमुना कलेज पूर्व विद्यार्थी समाजले जनाएको छ।

कलेजमा बिताएका सुनौलो पलहरूको सम्झना गर्दै गरिएका गतिविधिहरूको चर्चा र बिछोडिएका साथीहरूसँग पुन: भेटघाट हुने अवसर प्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको हो। असोज २२ गते, मंगलबार आयोजना हुन लागेको कार्यक्रममा करिब ६ सयभन्दा बढी पूर्व विद्यार्थीहरू सहभागी हुने अपेक्षा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित