इक्यान पूर्वाञ्चलको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बिराटनगर । नेपालीहरूको महान पर्व बडादशैं, तिहार तथा छठ पर्व २०८१ को अवसरमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलले शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

इक्यानका पूर्वाञ्चल अध्यक्ष रविन्द्र निरौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो।

चाडपर्वले नेपाली दाजुभाइबीच भाइचाराको सम्बन्ध प्रगाढ बनोस् र मुलुकमा दिगो शान्ति स्थापनाको कामना सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको इक्यान पूर्वाञ्चलका सचिव दुर्लभ कार्कीले बताए।

कार्यक्रम विराटनगरको फन एण्ड फूड भिलेज रिसोर्टमा सम्पन्न भएको थियो। कार्यक्रममा इक्यानका संस्थापक अध्यक्ष रोशन शर्मा, निवर्तमान अध्यक्ष प्रकाश लकान्द्री लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित