पाँचथरमा २ महिला मृत फेला

पाँचथर । खोलाले बगाएर ल्याएको र सडकमा लडिरहेको अवस्थामा पाँचथरमा शनिबार बिहान २ जना महिला मृत फेला परेका छन् । प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–३ तमोर नदीको बरुम्जे दोभानमा १ जनाको शव भेटिएको हो । नदीले बगाएर ल्याएको अवस्थामा शव भेटिएकी महिलाको पहिचान खुलेको छैन । पहिचानको प्रयास भइरहेको र बाढी एवं पहिरोबाट बेपत्ता भएकाका परिवारलाई खबर गरिसकिएको जानकारी प्रहरीले दिएको छ ।

त्यस्तै, फिदिम नगरपालिका–१२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा १ महिलाको शव भेटिएको छ । फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) मृत फेला परेको प्रहरीले जनाएको छ । उनी माइती जान्छु भनेर असोज १२ गते घरबाट हिँडेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । माइती नपुगेपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित