लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण आक्रमण

एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरूतमा भीषण आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । 

बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इजराइली डिफेन्स फोर्सको दाबी छ । आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन । समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो ।

इजराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै  लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधारणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित