होटल एभरेस्टको किचनमा म्याद गुज्रेका सामान, बसेरा होटल अत्याधिक महङ्गो

एभरेस्ट र बसेरा होटललाई तीन–तीन लाख जरिवाना

काठमाडौं । सरकारले नयाँ बानेश्वरस्थित फाइभ स्टार होटेल एभरेष्ट र बबरमहलस्थित बुटिक होटेल बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।

एभरेष्ट होटेलको किचनमा मिति गुज्रेका सामान फेला परेको र बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी)  भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेकाले दुबैलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नगद जरिवाना तिराएको हो।

बबरमहलस्थित बसेरा होटलमाअधिकतम् खुद्रामूल्य (एमआरपी)  भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका  सामान फेला परेको छ ।

यसैगरी विभागले मंगलबार डा. इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। खरीद बिल बिजक नराखेर कानून उल्लंघन गरेको भन्दै विभागले कारबाही गरेको हो। यसअघि विभागले जिम्बु थकाली रेस्टुरेस्टलाई बढी मूल्यमा पानी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित