अस्पतालबाट गोविन्दाको सन्देशः म अहिले खतरामुक्त छु, गोली निकालिसकियो

एजेन्सी । आज (मंगलबार) बिहान अचानक खुट्टामा गोली लागेपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता गोविन्दाले आफ्नो स्वास्थ्यबारे फ्यानहरूलाई जानकारी दिएका छन्। 

आज बिहान लाइसेन्स प्राप्त आफ्नै रिभल्भर सफा गर्ने क्रममा अचानक पड्केर उनको खुट्टामा गोली लागेको हो।हाल उनी क्रिटिकेयर अस्पतालमा उपचाररत छन्।

उनको स्वास्थ्यबारे फ्यान चिन्तित भइरहेका बेला गोविन्दाले अस्पतालबाटै अडिओ सन्देश जारी गरी जानकारी दिएका हुन्। 

उनले भनेका छन्- म अहिले खतरामुक्त छु। गल्तीले गोली चल्यो। बाबाको आशीर्वाद! म मेरा डाक्टरहरूलाई धन्यवाद दिन्छु। म मेरा फ्यानहरूप्रति पनि आभारी छु।’

उनले अगाडि भनेका छन्– सबैको आशीर्वाद, आमा–बुवाको आशीर्वाद र बाबाको कृपाले लागेको गोली निकालिसकिएको छ। म तपाईंहरू सबैलाई धन्यवाद दिन्छु।

प्रतिक्रिया

सम्बन्धित