सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना : कस्ताे छ अवस्था ?

एजेन्सी । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गए राति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ ।

त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटुसम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् । रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक–पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित