कैलालीमा मोटरसाइकल जुध्दा दुबै चालकको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंदेखि दशैंका लागि घर आइरहेका बेला गौरीगंगा नगरपालिका–१ को पूर्व—पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

उक्त ठाउँमा दुईवटा मोटरसाइकल एक आपसमा जुधेका (ठोक्किएका) थिए । बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । दुवै जनाको शव अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित