क्यानडामाथि ओमानको ८ विकेटको जित

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।

योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २-२ खेलमा एक एक जित र एक एक हार बेहोरेका छन् ।

अब आज सिरिजको अर्को खेलमा नेपाल र क्यानडा खेल्दै छन् ।
 

प्रतिक्रिया

सम्बन्धित