रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए । आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै उनले यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन् ।  

त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए ।

यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो । यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल रियानले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

   

प्रतिक्रिया

सम्बन्धित