जापानमा अक्टोबरमा चुनाव हुने

काठमाडौँ  / जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले आगामी अक्टोबर २७ मा देशमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । आफुले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा आम निर्वाचनको घोषणा गरेका हुन् । 

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदका लागि हालै भएको निर्वाचनमा शिगेरु इसिबा विजयी भएका थिए । जापानमा सत्तारुढ दलको अध्यक्ष देशको प्रधानमन्त्री बन्छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाको स्थानमा शिगेरु इसिबा मंगलबार जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

शिगेरु इसिबाले अक्टोबर १ बाट संसदको अधिवेशन सुरु भएपछि प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इशिबाको कार्यकाल २०२५ जुलाईसम्मको थियो र त्यसपछि देशमा आम निर्वाचन हुने भनिए पनि अब सिगेरु इसिबाले निर्वाचन घोषणा गर्ने स्पष्ट पारेका छन् । 

जापानको सत्तारुढ दल एलडीपीको लोकप्रियता पछिल्लो समय घटेको छ । पार्टीको नाम धेरै विवादमा जोडिएको छ । विवादका कारण वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पदबाट राजीनामा दिनुपरेको थियो ।

यस्तो अवस्थामा नयाँ प्रधानमन्त्री इसिबा आफ्नो विद्यमान लोकप्रियतालाई कायम राख्न र पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले समयमै निर्वाचन गराउने पक्षमा छन् । मिडिया रिपोर्टका अनुसार इशिबाले अक्टोबर ९ मा संसद विघटन गर्न सक्नेछन् र त्यसपछि उनले प्रचारका लागि १२ दिन मात्र पाउनेछन् । माथिल्लो सदनको कार्यकाल तोकिएको समयसीमा अर्थात जुलाई २०२५ सम्म जारी रहनेछ । 

जापानको आम चुनावमा सत्तारुढ एलडीपीले जापानको संविधान लोकतान्त्रिक पार्टीको सामना गर्नेछ । साथै, कन्जरभेटिभ जापान इनोभेसन पार्टी पनि प्रमुख प्रतिद्वन्द्वी हो । संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित