काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रोबस शिवपुरीमा दुर्घटना, चालकसहित ११ घाइते

नुवाकोट । नुवाकोटको शिवपुरीमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  प्रहरीका अनुसार दुई जना गम्भीर घाइते छन् ।

काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका– ७ अदुवारवारी घुम्तीमा माइक्रोबस  सडकबाट १५० मिटर जति तल खसेको हो ।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । दुर्घटनालगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्दार गरेका थिए । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित