बुधबारदेखि फेरि बर्षाको सम्भावना, कोशीदेखि गण्डकीसम्म प्रभाव

काठमाडौँ । आउँदो बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सीदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताएका छन् ।

विशेष गरेर बेलुकीपख पानी पर्ने उनले बताएका छन् । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ । भोलि बागमती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ ।

तर पर्सीदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन । गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म १९० भन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित