दशैंको लागि सुकिला नोट वितरण सुरु

इटहरी । दशैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोटको वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको छ ।

यो वर्ष राष्ट्र बैंकले नयाँ नोट भने छापेको छैन । गत वर्ष नै छापेका सुकिला र सफा नोट वितरण गर्ने बैंकको तयारी छ । राष्ट्रबैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य शाखाहरूबाट नोट सटही सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेको र अपुग भए फेरि उपलब्ध गराउने राष्ट्रबैंकले जनाएको छ । अघिल्लो पटक नै छापिएका नोट भएपनि सामान्यतया एकपटक प्रयोग भएर आएकोले नयाँ जस्तै देखिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित