कोशी सरकारले बाढी पहिरोमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत दिने

इटहरी । कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।

प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षतामा बसेको सम्मतिको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ सहयोग गर्नेछ ।

तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् । पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जना जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर पाँचथरमा ५, मोरङमा १ र झापामा १ बेपत्ता छन् ।

बाढी पहिरोबाट ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ भने ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित