दुई संसदीय समितिको बैठक बस्दै, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतबारे छलफल

काठमाडौं । आज (सोमबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तगर्त दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बोलाइएको छ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित