एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ६४औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियल म्याड्रिडको जित खोसेका थिए ।
यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एटलेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । यो खेलपछि रियल म्याड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना २१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी एटलेटिको म्याड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ ।
              

प्रतिक्रिया

सम्बन्धित