सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो

काठमाडाैं । पहिरोका कारण मकवानपुरको एन्फा एकेडेमी सिस्नेरीबाट उद्धार गरिएका ३० जना बालकलाई ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमीमा ल्याइएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा रहेका ३४ मध्ये ३० जना बालकको सकुशल उद्धार गरि एन्फा एकेडेमीमा ल्याइएको छ। अन्य ४ जना भने आफन्तसँगै बसेका छन्।

दुई दिन देखि परिरहेको भिषण वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका ६ जनाको शव भने पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए। 

पहिरोमा परि मृत्यु हुनेमा दिवस बानिया, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदित्य बालमपाकी छन्। मृतक ६ जनाको शव टिचिङमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित