गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट शुक्रबार काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए ।

उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित