आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो ।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ । शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स-साना पहिरो जादा सडक अवरुद्ध बनेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित