काठमाडाैंमा बागमती उर्लिएपछि...

काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।

त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको हो । पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ । जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोेध गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित