सुनसरीमा प्रहरी अधिकारीहरूकाे ब्यापक हेर फेर , विपिन रेग्मीकाे ठाउमा सुमन तिम्सिना आउदै

इटहरी इलाकामा डीएसपी लक्ष्मी भण्डारी आउदै , ट्राफिकमा बिनाेद घिमीरे

इटहरी । प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी (प्रहरी उपरीक्षक) र १५ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परेका छन् ।

प्रहरी प्रधान कार्यालयले गत सोमबार ( असोज ७ गते) एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । एसपी र डीएसपीको सरुवा निकाल्दा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज पनि फेरिएका छन् । १४ जिल्ला रहेको कोशीमा पनि ५ एसपी र १५ जना डीएसपी परिवर्तन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामको प्रमुखका रूपमा एसपी प्रभुप्रसाद ढकालको सरुवा भएको छ । ढकालको यसअघि नै इलाममा काज सरुवा भएको थियो । बासुदेव खतिवडाका ठाउँमा काजमा पठाइएका उनको पछिल्लो सरुवामा इलाम नै दरबन्दी कायम भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको प्रमुखका रूपमा एसपी विनोद घिमिरेको सरुवा भएको छ । यसअघिका कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेलको सरुवा भएपछि उनका ठाउँमा घिमिरेलाई इन्चार्ज तोकेर पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रमुखमा श्यामसिंह चौधरीको सरुवा भएको छ । यसअघि एसपी विमल बस्नेत धनकुटा प्रहरी प्रमुख थिए ।एसपी सुमनकुमार तिम्सिनाको जिल्ला प्रहरी कार्यालय सुनसरी सरुवा भएको छ । यसअघिका प्रमुख विपिन रेग्मीको ठाउँमा तिम्सिनालाई पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखका रूपमा एसपी हरिहरनाथ योगीलाई पठाइएको छ । यसअघि रमेश थापा उदयपुर प्रहरी प्रमुख थिए ।त्यस्तै, कोशी प्रदेशका विभिन्न जिल्ला र युनिटमा इन्चार्ज रहेका डीएसपीहरुको पनि सरुवा भएको छ । डीएसपी कमल बजगाईं उदयपुरको इलाका प्रहरी कार्यालय कटारीको प्रमुख बनेर आउने भएका छन् । यसअघिका डीएसपी सुभाष राई अनिवार्य अवकाशमा गएपछि उनका ठाउँमा बजगाईंलाई इन्चार्ज तोकेर पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रमुखमा डीएसपी कौशलकुमार बुढाथोकीको सरुवा भएको छ । यसअघिका प्रमुख हेमन्त भण्डारी क्षेत्रीको सरुवा भएपछि उनका ठाउँमा बुढाथोकीलाई पठाइएको हो ।जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रमुख बनेर डीएसपी चिनिमाया तामाङ आउने भएकी छन् । यसअघिका प्रमुख रन्जनकुमार दाहालका ठाउँमा तामाङको सरुवा भएको हो ।

डीएसपी दक्षकुमार बस्नेतको सरुवा जिल्ला प्रहरी कार्यालय संखुवासभामा भएको छ । यसअघि घनश्याम श्रेष्ठ संखुवासभा प्रहरी प्रमुख थिए ।सुनसरीको इलाका प्रहरी कार्यालय धरानको इन्चार्जमा डीएसपी प्रकाश जबेगूको सरुवा भएको छ । यसअघिका प्रमुख मानबहादुर राईको जिल्ला प्रहरी कार्यालय इलाम दरबन्दी कायम भएको छ । जबेगूका ठाउँमा राई र राईका ठाउँमा जबेगूको दरबन्दी भएको हो ।

डीएसपी प्रकाश विष्टको जिल्ला प्रहरी कार्यालय खोटाङमा सरुवा भएको छ । यसअघि पुरुषोत्तम खड्का खोटाङ प्रहरी प्रमुख थिए ।डीएसपी गणेशबहादुर श्रेष्ठ अनिवार्य अवकाशमा गएपछि मोरङको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख बनाएर मोहनविक्रम दाहाललाई पठाइएको छ । डीएसपी दाहालको यसअघि नै पथरीमा काज भएको थियो । अहिलेको सरुवाबाट दरबन्दी कायम भएको हो ।

डीएसपी युवराज तिमल्सिनाको जिल्ला प्रहरी कार्यालय भोजपुर दरबन्दी कायम भएको छ । यसअघिका प्रमुख सुदीपराज पाठकको सरुवा भएपछि तिमल्सिनाको भोजपुर काज भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा डीएसपी राजन चापागाईंको सरुवा भएको छ । यसअघिका डीएसपी विजय श्रेष्ठको ठाउँमा चापागाईंलाई पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा डीएसपी रामप्रसाद तिमल्सिना आउने भएका छन् । नवीनकृष्ण भण्डारीको सरुवा भएपछि उनको ठाउँमा तिमल्सिनालाई पठाइने भएको हो ।

सुनसरीको इटहरीमा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा डीएसपी रामेश्वर त्वातीको सरुवा भएको छ । यसअघि कार्यालयको डीएसपी मोहनविक्रम दाहाल थिए । दाहाललाई इप्रका पथरीको इन्चार्ज बनाएर यसअघि नै पठाइएपछि त्यो ठाउँ खाली थियो ।

सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जका रूपमा डीएसपी लक्ष्मी भण्डारी आउने भएका छन् । यसअघिका प्रमुख टेकबहादुर कार्की क्षेत्रीका ठाउँमा प्रहरी प्रधान कार्यालयले भण्डारीलाई पठाएको हो ।

डीएसपी विनोदकुमार सुनुवारको जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा भएको छ । यसअघि धनकुटामा डीएसपी राजाबाबु महर्जन थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, गम्भीर अपराध अनुसन्धान शाखामा डीएसपी शर्मीला गुरुङको दरबन्दी कायम भएको छ । शाखाका डीएसपी राकेश थापाको सरुवा भएपछि उनका ठाउँमा गुरुङलाई पठाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित