थारु समुदायको जितिया पर्वको अवसरमा इटहरीमा सार्वजनिक बिदा

इटहरी / इटहरी उपमहानगरपालिकाले जितिया पर्वको अवसरमा शुक्रबार नगरभरी सार्वजनिक बिदा दिएको छ । थारुलाई प्रथम नागरिक घोषणा गरेको इटहरीले जितियामा एक दिन बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायले धुमधामका साथ मनाउने जितियालाई एक सुचना जारी गर्दै इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एक दिन थारुहरुको सम्मानको लागि बिदा दिएको जनाए ।

थारुहरुको बहुल्लियता रहेको इटहरीमा अघिल्लो बर्ष पनि उपमहानगरले बिदा दिने निर्णय गरेको थियो । इटहरी अस्पताल बाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बिदा रहने उपमहानगरले जनाएको छ ।

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् । हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित