सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न पोखरा जाँदै सीआईबी टोली

काठमाडौं । पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  टोली खट्ने भएको छ ।  अनुसन्धानमा सघाउन सीआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार दुई जनाको टोली मंगलबार साँझ आइपुग्ने छन् । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शनको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिएका छन् । उनले भने संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्णरुपमा अनुसन्धानको विज्ञता गर्ने गरी काठमाडौँबाट टिम पठाउने निर्णय भएको जानकारी दिए । 

पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) विगतमा राई व्यापारिक साझेदार थिए ।  उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालय पोखरामा अहिले जोशीको बयान जारी छ ।  सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित