आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीमा

महोत्तरी / स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीको बर्दिवासमा भएको छ । मधेश प्रदेशका पालिकाहरुका जनप्रतिनिधि, प्रदेश सरकार र सरोकारवाला निकायहरुको वाक्लै सहभागीतामा उक्त सम्मेलन भएको हो ।

मानिस, न्याय र सुशासन भन्ने मुख्य नाराका साथ झन्डै १४ वटा गैरसरकारी संस्थाहरुको आयोजनामा भएको उक्त सम्मेलनमा स्थानिय नेतृत्वमा आधारित जलवायुमैत्री विकास गर्न जरुरत देखिएकोप्रती जोड दिइएको छ ।

सम्मेलनमा प्रमुख अथितिकोरुपमा सहभागी हुन आइपुगेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले वातावरण अनुकुल विकासको जरुरत भएको वताउदै अब काममा नै लाग्नुपर्ने वताएका छन ।

मुख्यमन्त्री सिंहले मधेशमा भुमिगत पानी सुकाउने एउटा कारण भिक्सको रुख भएको जनगुनासो बढीरहेको वेला यस्को विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

तथापी मधेश प्रदेशका धेरैजसो पालिकाहरुले किसानहरुको गुनासोलाई मध्यनजर गर्दै मसला(भिक्स)को रुख निरुत्साहित र बिस्थापन गर्न नीति तथा कार्यक्रम नै वनाएका छन ।

युएनडिपिको फुड डिपार्टमेन्ट र अमेरिकाको नेसनल लाईवेरी अफ ईन्स्टिच्युटले गरेको एक अध्यणअनुसार यो रुख वातावरण प्रतिकुल नै हुने निष्कर्ष निकालेको छ ।

मधेश प्रदेश जलवायु परिवर्तनका हिसावले आक्रान्त वनिरहेको वेला हरेक स्थानिय तहहरु जलवायुमैत्री विकासमा महत्वपूर्ण रहेको सम्मेलनमा जोड दिईएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित