त्रिविले दियाे २३ वर्ष देखि पास नभएका विद्यार्थीलाइ माैका

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले २३ वर्ष देखि पास नभएका विद्यार्थीलाइ माैका परिक्षा दिने निर्णय गरेकाे छ । वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको हाे ।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित