कोशी नाम खारेजीको माग गर्दै जुलुस

पाँचथर /  जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेज गर्न र पहिचानका आधारमा प्रदेशको नाम राख्न माग गर्दै पाँचथरको फिदिममा सोमबार जुलुस प्रदर्शन गरेको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभूषा र बाजागाजासहितका नेता, कार्यकर्ता तथा पहिचानवादीहरू जुलुसमा सहभागी भएका थिए। प्रदर्शनमा पहिचानको मान्यता, समानुपातिक समावेशिता, सुशासन, र सामाजिक न्यायका नारा लगाइएका थिए।

कोशी नाम खारेजी र पहिचानको आधारमा प्रदेशको नामकरणका लागि जसपा नेपालले रकम चेम्जोङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ। यसैगरी, जसपाले जिल्ला समन्वय समितिको सभा हलमा आजै आधारभूत संगठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित