इटहरी एमाले नेतृत्वलाई मेयर पौडेलको व्यङ्गय : परिपक्क नेतृत्व नहुँदा जनतामा निराश

इटहरी। इटहरी उपमहानगरपालिकाद्दारा हुँदै आएका गतिविधीबारे स(साना कार्यमा एमाले नेतृत्वद्दारा अड्को थाप्ने र चर्को आलोचना गर्ने गरेपछि मेयर हेमकणर् पौडेलले परिपक्क नेतृत्व नहुँदा समस्या भएको टिप्पणी गरेका छन् । इटहरीमा २०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयरसहित पाँचवटा वडा नेपाली काँग्रेसले जितेको हो ।

भने उममेयरसहित १५ वटा वडा एमालेले जितेको हो । वडा नं. १४ मा वडाध्यक्षसहित सम्पूणर् सदस्य एमालेबाट असन्तुष्ट भएर वाघी उम्मेदवारले जितेपनि अन्तिममा एमाले प्रवेश गरेका थिए । यस हिसावले इटहरीको कार्यपालिकामा एमालेको बहुमत छ ।

तर, एमाले अध्यक्ष रुपेश बस्नेतले स(साना कार्यमा सस्तो लोकप्रियताका लागि अड्को थाप्ने र कार्यकर्ता प्रयोग गरेर आलोचना गर्न लगाउने गरेको मेयर पौडेलले संकेत गरेका छन् । मेयर पौडेलले भनेका छन, ‘सस्तो नारा पनि निल्नु न ओकल्नु भयो इटहरीमा, अब म चकलेट बोकेर हिड्नु गोजीमा ? नेतृत्वमा परिपक्कता हुनु जरुरी छ ।

सिगानेहरुलाई नेता बनाएपछि मुलुकको प्रमुख राजनीतिक दलको हविगत हुने रहेछ, जनतामा निराशा यस्तै चरित्रका पात्रले गर्दा हुने रहेछ, मेरो इटहरीको अवस्था ।’ केन्द्र र प्रदेशमा काँग्रेस एमालेको गठबन्धन छ तर इटहरीमा भने एमालेले नौटन्की देखाउदैछ ।

कहिले उपभोक्ता उचारे नगरपालिका अगाडी आन्दोलन गराउछ भने कहिले जनप्रतिनिधीहरुलाई सभा बहिष्कार गर्न लगाउछ । यसरी गठबन्धनकै सरकार हुदा इटहरी एमाालेले सहमतीको डोरी बाध्नु पर्ने हैन र ? कि कसो त ?

प्रतिक्रिया

सम्बन्धित