झापामा दुर्गा प्रसाइका समर्थकले जलाए तिनवटा भारतीय ट्रक

झापा । झापामा दुर्गा प्रसाईका समर्थकले ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले राति साढे ११ बजे कन्काई –८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा ट्रकमा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हन् । यस्तै प्रसाईंका समर्थकहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ ।

प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । मेडिकल व्यवसायी प्रसाईंलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । प्रसाईं पक्राउ परेसँगै रिहाइको माथ राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा उनीहरूले आन्दोलन समेत सुरु गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपि प्रकास विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित