सांसद डा. सुनिल कुमार शर्मा भन्छन् : दुर्गा प्रसाईको गिरफ्तारी सरकारको दादागिरी हो ( भिडीयाे )

काठमाडौं । सामाजिक अभियन्ता दुर्गा प्रसाईंको गिरफ्तारीको कडा आलोचना गर्दै डा. सुनिल कुमार शर्माले तत्काल निशर्त रिहाइको माग गरेका छन्। शर्माले सरकारलाई जनताका पक्षमा काम गर्ने जिम्मेवारी बिर्सेर, सरकारका गलत क्रियाकलापको विरोध गर्ने र खबरदारी गर्ने अभियन्ताहरूको आवाज दबाउने नियतले गरिएको गिरफ्तारीलाई राज्य आतंकको संज्ञा दिएका छन्।

उनले भने, “लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति हरेक नेपाली नागरिकको अधिकार हो। सरकारलाई हेक्का रहोस्, हजारौं युवाहरू विदेश जान बाध्य छन्, कर्णालीमा तुइनबाट खसेर ज्यान गुमाउनुपर्ने अवस्था छ, र स्वदेशमै मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौं रकम विदेशिनुपरेको अवस्थाबारे सरकार आँखा चिम्लिएको छ। तर, गरिब र निमुखाहरूको आवाज उठाउने अभियन्ता दुर्गा प्रसाईंको गिरफ्तारीमा सरकारको ध्यान केन्द्रित छ, जुन ठूलो राज्य दुरुपयोग हो।”

डा. शर्माले सरकार र राज्यका जिम्मेवार निकायमा रहेका शासकहरूलाई सुध्रिन आग्रह गर्दै लोकतन्त्रको घाँटी निमोठ्ने काम बन्द गर्न चेतावनी दिएका छन्। उनले तत्काल सामाजिक अभियन्ता दुर्गा प्रसाईंको निशर्त रिहाइको माग गर्दै सरकारलाई खबरदारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित