मोरङमा माछा पोखरीभित्र नाबालक मृत भेटिए

मोरङ /  मोरङमा माछा पोखरीभित्र एक नाबालक मृत भेटिएका छन् ।जिल्लाको कटहरी गाउँपालिका–४ जुरिघाटका १ नाबालकको शव माछा पोखरीमा भेटिएको हो । स्थानीय प्रकाश ऋषिदेवका २ वर्षीय छोरा प्रेम ऋषिदेव आइतबार पोखरीमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ ।घरनजिकै घनश्याम साहलगायतले संचालन गर्दै आएको माछा पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा नाबालक पोखरीमा डुबेको हुनसक्ने आशंका गरिएको छ । घरबाट बिहान ९ बजेतिर निस्किएका नाबालक अबेरसम्म नफर्किएपछि खोजी थालिएको थियो ।पोखरीमा डुबिरहेको भेटिएपछि उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित