सफल र प्रचना बने मिस्टर एण्ड मिस सुस्मा (तस्विरहरू सहित)

कक्षा ११ का नयाँ बिद्यार्थीहरूलाइ भव्य स्वागत

इटहरी । सुनसरीको इटहरीस्थित सुस्मा गाेदावारी कलेजले कक्षा ११ मा भर्ना भएका ७ सय बढी बिद्यार्थहरूलाई शुक्रवार एक कार्यक्रमबिच  भव्य स्वागत गरेको छ । कलेजको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रयोगात्मक कला , नृत्य लगायत सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका थिए । सोही क्रममा कलेजले दोस्रो संस्करणको मिस्टर एण्ड मिस सुस्मा समेत सम्पन्न गरेको छ । 

सो प्रतियोगितामा बाेइज तर्फ सफल अधिकारी विजयी मिस्टर सुस्मा घोषित भए भने  जेम्स अफताव फस्ट रनर अप बने , रमण परियार सेकेन्ड रनर अप भए । त्यस्तै गर्ल्स तर्फ प्रचना पासवान मिस सुस्मा घोषित भइन भने सुवास्ना थापा फस्ट रनर अप र अभिपसा अधिकारी सेकेन्ड रनर अप घोषित भइन । घोषित मिस्टर एण्ड मिस सुस्माका बिद्यार्थीलाई क्राउन पनि प्रदान गरिएको थियो । 

प्रतियोगिताको पूर्व सन्ध्यामा  इटहरीकाे सोल्टी वेस्टर्न हाेटलमा प्रतिस्पर्धीहरूलाई मेकअप तालिम सँगै फोटो सुट गरिएको थियो । इटहरीको मार्टिना मेक अप स्टुडियोले बिद्यार्थीहरूलाइ मेक अप सम्बन्धी तालिम प्रदान गरेको हो । मिस्टर एण्ड मिसेस सुस्माका लागि बाेइज तर्फ नौ जना र गर्ल्स तर्फ २५ जनाले प्रतिस्पर्धा गरेका थिए । 

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरू मिलेर स्थापना गरेको चर्चित आगमन ब्यान्डको बेजाेड प्रस्तुति पनि राखिएको थियो । त्यस्तै कक्षा १२ कै HM विद्यार्थीहरूले विभिन्न परिकारहरू बनाएर प्रदर्शन गरेका थिए ।कार्यक्रम कलेजका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 

अध्ययन सँगसँगै आफू भित्रको प्रतिभालाई अतिरिक्त क्रियाकलाप तथा सहशैक्षणिक क्रियाकलापका माध्यमबाट बाहिर ल्याउन विशेष प्रोत्साहन गर्दै आएको कलेजले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन  ,होटल म्यानेजमेन्ट व्याचलरमा भने वि.वि.एस, र विएस्सी सिएस्आइटीका कक्षाहरू सञ्चालन गर्दै आएको छ । 

शान्त वातावरण, सुविधा सम्पन्न पूर्वाधारमा सिकाई, पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्प्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको होटल म्यानेजमेन्ट ल्याबका साथै विद्यार्थीहरूका लागि यातायातको सहज सुविधाकै कारण सुस्मा कोसी प्रदेश लगायत बाहिर पनि त्यतिनै लोकप्रिय छ । 

प्रतिक्रिया

सम्बन्धित