एसिया सिनियर करातें च्याम्पियनसिप : स्वर्णबाट चुकिन् एरिका

काठमाडौं । २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भएकी छिन् ।

चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो ।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् ।

प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी एरिकाले क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराएकी थिइन् ।

१९औं एसियन गेम्समा उनैसँग पराजित हुँदै रजतमा चित्त बुझाएकी एरिकाले उनै खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।उनले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै फाइनल पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित