मह किसानको समस्या अध्ययन गर्न समिति गठन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानका समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् ।आइतबार मन्त्रालयमा बसेको सरोकारवाला सहभागी बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन भएको हो ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

के हो मह किसानको माग ?

मह किसानले हाल मौज्दात २ हजार १ सय टन मह बिक्री व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् ।मह आयात रोके पनि सिरपका रूपमा यसको आयात भइरहेको भन्दै मह किसानले मह आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी मह बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायत माग सरकार समक्ष राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित