पथरी शनिश्चरेका चन्द्रबहादुरको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

पथरी । चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ रविन राई पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ मा असोज ५ गते शनिबार चन्द्रबहादुर तामाङको विभत्स हत्या भएको थियो । प्रहरीको खोजीमा रहेका रविनलाई एक दिन पछाडी मुलघाटबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालको टोलीले घटना भएकाे छोटो समयमै फरार रहेका ज्वाई पक्रन सफल भएको हो । पक्राउ परेका राईबाट घटनाको बास्तविक्ता खुल्ने डि एस पि मोहन विक्रम दाहालले बताए । करिव ६० वर्षका तामाङको हत्या भए लगतै प्रहरीले कडाईका साथ अनुसन्धान सुरु गरेको थियो ।

संगै बस्दै आएका रहेका ज्वाई सम्पर्क बिहिन भए पछि प्रहरीको अनुशन्धान ज्वाई तिर घुमेको थियो । फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ ।   

प्रतिक्रिया

सम्बन्धित