इस्पोनियलमाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत इस्पोनियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले इस्पेनियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै इस्पेनियलका लागि एक गोल रियल म्याड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ६ खेलमा चौथो जित हासिल गर्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इस्पोनियलको भने ६ खेलमा ७ अंक रहेको छ र १३औं स्थानमा रहेको छ ।
       

प्रतिक्रिया

सम्बन्धित