बिना लगानी रविले शेयर लिनु भ्रष्टाचार हो : शंकर पोखरेल

दाङ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचार गरेको बताएका छन् । आज (शनिबार) घोराहीमा भएको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरेका हुन् । 

‘गोरखा मिडिया प्रालिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन् । रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो । त्यहि  अन्य राजनीतिक दलले गरेको भए के गर्थे भने के हुन्छ ? आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी-साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

बिना लगानी शेयर पाउने कुरा अनैतिक भएको उनको टिप्पणी छ । लामिछानेले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको उनको भनाई छ । ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।’ 

प्रतिक्रिया

सम्बन्धित