नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

 रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्न प्रजातिका सात हजार बिरुवा रोपिएको हो । संघीय संसद देव प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्तामा चन्द्रपुर नगरपालिका ८ मरधर  धार्मिक वन क्षेत्र भित्र आयोजित वृक्षारोपण कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा सिसौं, खयर, अमला, सतिसाल,मलेसियन साल, ईमली , बेल,रुद्राक्ष र बिभिन्न जातको आँपको गरी  सात हजार बिरुवा रोपिएको छ ।

नेपाली सेना वीरदल गण गौरको आयोजना र चाँदी धार्मिक वन व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण गरिएको हो । चुरे भावर क्षेत्र संरक्षणमा नेपाली सेनाले अग्रसरता देखाउँदै संविधान दिवसको अवसर पारेर मरधर धार्मिक वन क्षेत्रमा वृहत् वृक्षारोपण गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद युवराज भट्टराइ तथा श्री  २८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथि  राजेन्द्र मणि गिरीको उपस्थिति रहेको थियो ।

चुरे क्षेत्र संरक्षणमा नेपाली सेनाको सहयोग बढाउने उदेश्यले उक्त वृहत् वृक्षारोपण गरिएको  नेपाली सेना विरदल गणका  प्रमुख कर्णेल किशोर अधिकारीले बताएका छन् । कार्यक्रममा सहायक सिडियो नरेस प्रसाद यादव, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे , सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह, चाँदि धार्मिक वन व्यवस्थापन समितिका अध्यक्ष तुलसी राज गिरी, जनप्रतिनिधीहरु, नेपाल राष्ट्रिय भुतपुर्व संघका पदाधिकारीहरु, लगायत बिभिन्न क्षेत्र संग आब्द गरी करिब पाँच सय जना मानिसको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित