कलेजो प्रत्यारोपण गर्न अब विदेश जान नपर्ने, काठमाडौं मेडिकल कलेजले पायो अनुमति

काठमाडौं । निजी लगानीमा राजधानीको सिनामङलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) ले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको छ । केएमसीले यसअघि मृगौला प्रत्यारोपण गर्न सरकारबाट अनुमति पाएको थियो । अब केएमसीले मानवको कलेजो पनि प्रत्यारोपण गर्न अनुमति पाएको हो ।

यसअघि कलेजले मानव शरिरमा कलेजो प्रत्यारोपण गर्न अनुमति मागेको थियो । केएमसीले दिएको दरखास्त जाँचबुझ गरेर कलेजो प्रत्यारोपण गर्न अनुमति दिएको स्वास्थ्य सेवा विभाग, मानव अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयकी कानून अधिकृत सीता घिमिरेले जानकारी दिइन् ।


उनका अनुसार केमएसीलाई कलेजो प्रत्यारोपण गर्न दिने निर्णय गत भदौ ५ गते भएको थियो । अनुमतिपत्रको वहाल दुई वर्षसम्म रहने उनले जानकारी दिइन् । यता कलेका सञ्चालक डा. सुनील शर्माले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको बताए । उनले अब कलेजो प्रत्यारोपणको काम सुरु गर्ने जानकारी दिए । यसअघि मृगौला प्रत्यारोपणको अनुमति पाएको उनले सुनाए ।

पछिल्लो समयमा निजी स्तरमा खुलेका मेडिकल कलेजहरुको क्षमता विस्तार हुँदै गएको छ । मेडिकल कलेजहरुले मानवका विभिन्न अंगहरुको प्रत्यारोपण गर्नका लागि अनुमति पाएका छन् । मृगौलालगायत जटिल कलेजो प्रत्यारोपण स्वदेशमा हुँदा विदेश जानु पर्ने वाध्यताको अन्त्य भएको छ । यस्तै विदेशमा जाने अर्बौं रुपैयाँ रोकिने छ ।

प्रतिक्रिया

सम्बन्धित