कारखानाको सहकार्यमा पाथीभरा स्कुलमा एकदिने विज्ञान प्रदर्शनी तथा कार्यशाला सम्पन्न (तस्विरहरू)

इटहरी /  इटहरीस्थित  पाथीभरा सेकेन्डरी स्कुलका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शुक्रबार एकदिने विज्ञान प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको छ। कारखानाको सहकार्यमा आयोजित यस कार्यशालाले विद्यार्थीहरूलाई किताबमा मात्र सीमित नभई व्यवहारिक रूपमा विज्ञानका अवधारणाहरू बुझ्न र प्रयोग गर्न अभिप्रेरित गरेको  स्कुलका प्रिन्सिपल डा. गोपाल श्रेष्ठले बताए। कार्यशालामा विज्ञान विषयको ज्ञानलाई व्यवहारमा उतार्न विभिन्न प्रयोग र प्रदर्शनीमार्फत् विद्यार्थीहरूलाई सिकाइको नयाँ अनुभव प्रदान गरेकाे श्रेष्ठले बताए ।

कार्यशालाले विद्यार्थीहरूको व्यवहारिक सिकाइको अभावलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको स्कुलका अध्यक्ष निर्मल रिजालले बताए । “विज्ञान जस्तो महत्वपूर्ण विषयलाई प्रयोगात्मक रूपमा सिक्ने अवसरले विद्यार्थीहरूलाई सिर्जनशीलता, अनुसन्धान क्षमताको विकास, र समस्या समाधान गर्ने सीपहरूमा समेत सुधार ल्याउनेछ,” अध्यक्ष रिजालले भने। “पाठ्यपुस्तकमा पढाइएका सिद्धान्तलाई व्यवहारमा लागू गर्दै विद्यार्थीहरूले नयाँ ज्ञान, अनुसन्धान र आविष्कारको प्रक्रियामा आफूलाई अभ्यस्त बनाउन पाउनेछन्,” रिजालले थपे।

कार्यशालामा कक्षा ६ का ११० जना विद्यार्थीहरू विभिन्न समूहमा विभाजित भएर विज्ञानसम्बन्धी उपकरण, मोडेल, र प्रोजेक्टहरू निर्माण गरी प्रदर्शनीमा प्रस्तुत गरेका थिए। प्रत्येक समूहले आफ्ना अवधारणाहरूलाई सिर्जनशील तरिकाले प्रदर्शन गर्दै वैज्ञानिक तर्क र प्राविधिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। साे अवसरमा विद्यार्थीहरूले STEAM सिद्धान्त (S = Science, T = Technology, E = Engineering, A = Art, M = Math) अनुरूपका प्रोजेक्टहरू निर्माण र प्रदर्शन गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित