इटहरीमा याडियाको आधिकारिक शोरूम  सञ्चालनमा

इटहरी / इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरकाे आधिकारिक शोरूम  सञ्चालनमा आएको छ ।  इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले साेरूमकाे समुद्घाटन गरेका हुन । इटहरी ४ स्थित आइतबारेमा अमित राजवंशीले उक्त शाेरूम सञ्चालनमा ल्याएका हुन ।   उद्घाटनका क्रममा  याडियाले तिन वटा मोडलका विद्युतीय स्कुटर YADEA M6, YADEA E8S र YADEA G6 सार्वजनिक गरेको छ । 

बढ्दाे सहरीकरण सँगै सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै विद्युतीय स्कुटर याडियाकाे शाेरूम सञ्चालनमा ल्याइएको सञ्चालक अमित राजवंशीले बताए । सहरलाई धुवा र धुलाे मुक्त बनाउनका साथै घण्टाै लाइनमा बसेर पेट्रोल भर्नुपर्ने जस्ता समस्याका अन्त्य गर्न विद्युतीय स्कुटर बिक्री वितरण तथा मर्मत सहितकाे शाेरूम सञ्चालनमा ल्याइएको राजवंशीले बताए । 

याडिया जी ६ काे २ लाख ६० हजार रुपैयाँ मूल्य तोकिएको जी सिक्स विद्युतीय स्कुटर लाई फुल र्चाज गर्न ६ देखि ७ घण्टा लाग्छ भने यस याडिया जी सिक्स विद्युतीय स्कुटरमा १ सय ७० एम एम ग्राउन्ड क्लियरेन्सका साथै १ सय ५० कि मी रेन्ज रहेको छ ।

उक्त स्कुटरको लम्बाई १ हजार ७ सय ९० एम एम, त्यस्तै चौडाइ ७ सय ३५ एम एम का साथै उचाइ १ हजार २ सय २० एम एम रहेको छ । याडिया जी सिक्स विद्युतीय स्कुटरमा बुट स्पेस ३० लिटर  रहेको छ भने यस स्कुटरमा व्हीलबेस १ हजार २ सय ७० एम एम पाउनुका साथै मोटरको कुरा गर्नु पर्दा टीटीफर मोटर रहेको बताइएको छ ।

यस स्कुटरमा २ हजार वाट रेटेड पावर रहेको छ भने ३ हजार वाटको पीक पावर पाउन सकिने जनाइएको छ । उक्त जी सिक्स विद्युतीय स्कुटरमा पीक टर्क १ सय ४९ एन एम रहेको छ । ब्याट्री क्यापसिटी ३८ एम्पियर , ७२ भोल्ट रहनुका साथै ग्राफिन ब्याट्री रहेको बताइएको छ । याडिया जी ६मा टप स्पीड ६० कि मी /प्रति घण्टा रहेको छ भने अगाडिको टायर ९०/९०–१२ रहको छ यस्तै गरेर पछाडिको टायर १००/८०–१२ रहेको छ । उक्त स्कुटरको तौल १२० केजी रहेको छ ।

विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी याडिया ब्राण्डका स्कुटर कुजु नेपाल प्रालिले नेपालमा भित्राएको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा विक्री हुँदै आएको छ भने सन् २०२० मा सर्वाधिक धेरै इलेक्ट्रिक स्कुटर विक्री गर्ने कम्पनी पनि बन्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित