यी हुन् सहकारी ठगीमा फरार २९ जना, को कहाँ छन् ? (सूचीसहित)

काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन् । फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ–

१)  स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया । 
२) सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत । 
३)  सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।
४) सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।
५) शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन(तामाङ), हाल भारत÷युरोप रहेको आशंका ।
६) इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।
७) सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।
८) सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी ।
९) दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।
१०) शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।
११) नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।
१२) मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।

१३) कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।
१४) स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार । 
१५) प्रभु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।
१६) मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।
१७) आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।
१८) सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ । 
१९) सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।
२०) क्यापिटल सेभिड एण्ड क्रेडिट को–अपरेटिभका दिनेश पौडेल ।

प्रतिक्रिया

सम्बन्धित