नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड

वेबसाइटबाटै अनलाइन टिकट बुक गर्न पाइने

काठमाडौं । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सरकारले धरहरा खुला गरेको हो । 

शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउन्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो ।

२०७२ को भूकम्प गएको नौं वर्षपछि धरहरा सर्वसाधरणका लागि खुला गरिएको हो । निःशुल्क प्रवेश गर्न मजबचजबचब।नयख।लउ बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए । तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकट लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न दिइनेछ ।

उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्युआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ । एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने छन् । त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।

संविधान दिवसको अवसरमा खुला गरिए पनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन ।  धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित