इटहरीकाे सान्वी सिटी हस्पिटलमा हेयर ट्रान्सप्लान्ट सर्जनकाे सेवा

 इटहरी । सुनसरीकाे इटहरी स्थित सान्वी सिटि हस्पिटलले कपाल सम्बन्धी हेयर ट्रान्सप्लान्ट सर्जनकाे सेवा सुचारू गरेकाे छ । टाउकाे खाली भएकाे ठाउमा कपाल लगाउनकैलागि काठमाडाै हुदै भारतका बिभिन्न शहर कुद्नुपने बाध्यताकाे अन्त्य गर्न साे हस्पिटलले हेयर ट्रान्सप्लान्ट सर्जन सेवा सुरू गरेकाे हाे ।

सेवा सुचारू भएकाे एक महिनामै कपाल राेप्ने सेवाग्राहिहरूकाे लृकाे लाग्ने गरेकाे साे हस्पिटलले जनाएकाे छ ।  ९ जना भन्दा बढीले नाम दिनुभएकाे छ तर अहिले सम्म २ जना सफल सर्जरी गरिएकाे सान्वी सिटि हस्पिटलका सञ्चालक जेकी कुमार लेखीले बताए ।

सेवाग्राहिहरूकाे उच्च माग अनुसार अन्य सेवाहरू थप्दै जादा कपाल प्रत्याराेपणलाइ विशेष प्राथमिकताका साथ राखेर याे सेवा सुचारू गरिएकाे सञ्चालक लेखिले बताए ।  याे सेवाकालागि हस्पिटलले भारतकाे दिल्लीबाट १५ वर्ष अनुभव बटुलेका दक्ष चिकित्सक झिकाएर हेयर ट्रान्सप्लान्ट सर्जनकाे सेवा सुचारू गरेकाे जनाइएकाे छ ।

इटहरी १६ लविपुर स्थित डेढ वर्ष अघि स्थापना भएको सान्वी सिटी हस्पिटल पछिल्लो समय बिरामीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहितको डिजिटल एक्स-रे मेसिन , ल्याब , भिडियो एकसरे , एआरएम ,फोटो थेरापी , इसिजि लगायतका सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । त्यस्तै अस्पतालले २४ सै घण्टा इमरजेन्सी, नर्मल डेलिभरी , फार्मेसी, ल्याब,आइसियु, एन आइसियु,मेडिकल,सल्यकृीया , सर्जरी,लगायतका सेवाहरूलाई पनि थप प्रभावकारी बनाएको छ ।

अस्पतालले दक्ष चिकित्सकहरूद्वारा महिला तथा बालबालिका सम्बन्धी सम्पूर्ण रोगको उपचार सँगै , हार्डजोर्णी सम्बन्धी ,छाला तथा यौन रोग , दाँत सम्बन्धी , नाक कान,घाटी सम्बन्धी सबै रोगहरूको सुपथ मूल्यमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित