इटहरीका सडकमा गुड्न थाल्यो विद्युतीय बस, दुई दिन निःशुल्क यात्रा गर्न पाइने

इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आजदेखि चार वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । सुरुवाती चरणमा आज (बुधबार) र भोलि (बिहीबार) निःशुल्क बस सञ्चालन गरेको हो ।

मेयर हेमकर्ण पौडेलले बुधबार नगर बसमा यात्रा गरेर विभिन्न वडाहरूको अवलोकन गरे । विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधरण उत्साहित भएको उनले बताए ।

ग्रामीण भेगमा बस्ने जनतालाई सहरसँग जोड्ने उदेश्यले बस सञ्चालनमा ल्याएको मेयर पौडेलको भनाइ छ । नगर बसलाई ठाँउ(ठाँउमा सर्वसाधरणहरूले फूल माला लिएर स्वागत गरेका थिए ।

अपाङ्गमैत्री बस भएकाले फरक क्षमता भएकाहरूलाई पनि सहज हुने बताइएको छ ।नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क २० रुपैयाँ तोकिएको र बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

यस्तो छ इटहरीको रुट

धरान विराटनगर सडकमा तरहरादेखि वडा नं। १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक)देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं। १० टावर हुँदै वडा नं। ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं। १६, वडा नं। १५ को चाँदवेला सीमाना हुँदै वडा नं। १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा उपलब्ध हुने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित