आईएसएमटी कलेजको ‘जब फिअर’ सम्पन्न

काठमाडौँ । आईएसएमटी कलेजको चौथो ‘जब फिअर’ कार्यक्रम सम्पन्न भएको छ । आईएसएमटी कलेजले आफ्ना विद्यार्थीहरूलाई रोजगारीका लागि भौँतारिनु नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न समयमा ‘जब फिअर’ कार्यक्रम संचालन गरेकाे आईएसएमटी कलेजका डेभ्लोमेन्ट हेड वासुदेव बस्तीले बताए ।

जस अन्तर्गत आज शुक्रबार भएको उक्त कार्यक्रममा एक सय ५० जना विद्यार्थीहरूले सेवा र परामर्श लिएका छन् ।जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरि १६ कम्पनीहरूको सहभागिता रहेको थियो । जब फेयरमा दुई सय भन्दा बढी विद्यार्थीहरूले रोजगारीका लागि अन्तर्वार्ता दिएका छन् ।  

नेपाली विद्यार्थीलाई नेपालमै रोक्नका लागि आईएसएमटी कलेजले विगत लामो समयदेखि सकारात्मक प्रयास गर्दै आइरहेको छ । गुणस्तर शिक्षा मात्रै नभएर कलेजले विद्यार्थीलाई नेपालमै रोजगारी समेत दिइरहेको छ । आईएसएमटी कलेज बेलायत युकेको विश्वविद्यालय सन्डरल्याण्डको सम्बन्धनमा विगत २०११ देखी सञ्चालनमा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित