सहकारीको रकम दुरुपयोगका सम्बन्धमा रवि लामिछानेले ‘क्लिन चिट’ पाइसक्नु भएकाे छ : स्वर्णिम वाग्ले

काठमाडौँ । काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगको आरोपबाट क्लिन चिट पाएको दाबी गरेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वाग्लेले लामिछानेविरुद्धको मुख्य आरोप खारेज भएको बताए। उनले यसलाई ठूला पार्टीका नेताहरूलाई उजागर गर्ने अवसरका रूपमा चित्रित गर्दै, समितिले देशको भलोका लागि महत्त्वपूर्ण कदम उठाएको जनाए।

वास्तविक सहकारी पीडितहरूको मुद्दा भने नछोड्ने प्रतिबद्धता व्यक्त गर्दै, वाग्लेले सहकारीमा संलग्न ठगहरूलाई चिनाउनुपर्ने धारणा राखे। यसै क्रममा पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले ८३ अर्ब रुपैयाँको अवैध कारोबारको प्रश्न उठाउँदै, गोरखा मिडियामा मात्र ८५ करोडको कारोबार भएको तथ्य प्रस्तुत गरे। झालेले बाँकी ८२ अर्ब १५ करोड कहाँ गएको भन्ने प्रश्न गरेका छन्।यस घटनाले सहकारी क्षेत्रको अनियमितता र भ्रष्टाचारको विषयमा थप अनुसन्धानको माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित