परराष्ट्रमन्त्री राणा १९ दिनका लागि विदेश भ्रमणमा निस्किँदै, अमेरिका हुँदै क्यानडा र कतार जाने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा १९ दिन लामो तीन देशको  भ्रमणमा निस्किने भएकी छिन् । उनी अमेरिका, क्यानडा र कतार भ्रमणका लागि आज (सोमबार) साँझ प्रस्थान गर्दैछिन् । 

सबैभन्दा पहिले मन्त्री राणा क्यानडा पुग्ने छिन् ।  उनी क्यानडाको टोरन्टोमा असोज ३ र ४ गते हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक क्यानडा र जमैका सरकारको सह–आयोजनामा हुन लागेको हो। परराष्ट्रमन्त्री राणाले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि परराष्ट्रमन्त्री राणा क्यानडाबाटै असोज ५ गते अमेरिकाको न्युयोर्क जानेछिन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही प्रतिनिधिमण्डलको सदस्यका रूपमा परराष्ट्रमन्त्री राणा सामेल हुनेछिन् ।  राष्ट्रसंघको महासभामा सहभागी भएपछि न्युयोर्कबाटै परराष्ट्रमन्त्री राणा कतार पुग्नेछिन् । असोज १६ र १७ गते कतारको दोहामा आयोजना हुने एसिया कोअप्रेसन डायलगको तेस्रो शिखर सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम छ । परराष्ट्रमन्त्री राणा असोज १८ गते स्वदेश फर्कने छिन् । 

प्रतिक्रिया

सम्बन्धित